कास्कीको अन्नपूर्ण आसपास भूकम्प

आइतबार साँझ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आइतबार साँझ ५ बजेर १९ मिनेट जाँदा चार म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो।