नेपाल पहिलो दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ।
काठमाडौँ– नेपाल पहिलो दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ। आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो। जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो।
भारत र श्रीलंकामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका र अमेरिका पनि सहभागी थिए।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन्।
यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ। बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ।
बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ। क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन्। तर चार जना पूर्ण रूपमा दृष्टिविहीन हुनुपर्ने नियम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
