कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन दुवैमा भाग लिने औपचारिक निर्णय गरेको हो।
काठमाडौँ– सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ। शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय भएको हो।
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन दुवैमा भाग लिने औपचारिक निर्णय गरेको हो। महामन्त्री गगन थापाका अनुसार, दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत गरिएको छ।
“२०८२ फागुन २१ गते हुनेगरी प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,” कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ।”
कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न र फरार भएका कैदीलाई पुनः कारागारमा फर्काउन अनुरोध गरेको छ।
त्यस्तै, महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने बताए। उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोहीअनुसार अघि बढ्ने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
