भारतीय आतंकवादविरोधी दस्ताले ‘आपराधिक षड्यन्त्र’मा संलग्न रहेको आरोपमा बिहीबार राति द काश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ।
भारतीय आतंकवादविरोधी दस्ताले ‘आपराधिक षड्यन्त्र’मा संलग्न रहेको आरोपमा बिहीबार राति द काश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ। तर, उक्त मिडिया हाउसले ती सबै आरोपलाई ‘पूर्णतः आधारहीन’ भन्दै खण्डन गरेको छ।
राज्य अनुसन्धान एजेन्सी (एसआईए)का अनुसार काश्मीर टाइम्सले ‘जम्मू–काश्मीरभित्र तथा बाहिर क्रियाशील पृथकतावादी र अन्य राष्ट्रविरोधी समूहसँग आपराधिक साठगाँठ’ गरेको आशंकामा अनुसन्धान केन्द्रित गरिएको हो। सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यसँगै भारत र पाकिस्तानबीच विभाजित काश्मीर क्षेत्रमा निरन्तर तनाव रहँदै आएको छ। दुवै देशले यस हिमाली क्षेत्रमा पूर्ण दाबी गर्ने भएकाले यहाँको परिस्थिति सधैँ संवेदनशील रहने गरेको छ।
सञ्चारगृहले जारी गरेको विज्ञप्तिमा छापा मारिएको उक्त कार्यालय विगत चार वर्षदेखि नै बन्द रहेको र हाल सञ्चालनमा नरहेको स्पष्ट पारिएको छ। सन् १९५४ मा स्थापित काश्मीर टाइम्सले सन् २०२२ मा अर्को कार्यालयमा सरकारी कारबाही भएपछि आफू अनलाइन संस्करणमा मात्र सीमित रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्राविरुद्ध लगाइएका यी आरोपहरू तर्साएर चुप गराउने उद्देश्यले गरिएको प्रहार हो।”
एसआईएले भने खानतलासीका क्रममा एउटा रिभल्भर, केही गोली र खाली कारतुस बरामद गरेको दाबी गरेको छ। यसले ‘अवैध हतियार राखेको वा चरमपन्थी समूहहरूसँग सम्भावित सम्बन्ध रहेको’ संकेत गर्ने एजेन्सीको भनाइ छ। यसै क्रममा एजेन्सीले काश्मीर टाइम्सका मालिक प्रबोध जामवालको निवासमा पनि छापा मारेको छ।
पत्रकार संरक्षण समिति (सीपीजे)ले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सञ्चारमाध्यममाथि बढ्दो दबाबले जम्मू–काश्मीरमा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको सीपीजेले उल्लेख गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा यस क्षेत्रको विशेष संवैधानिक स्वायत्तता खारेज गरेपछि यहाँका पत्रकारहरूले निरन्तर निगरानी, सोधपुछ, पक्राउ तथा कार्यालय र घरमा छापाजस्ता दबाब खेप्दै आएका छन्।
यता, नोभेम्बर १० मा दिल्लीको लालकिल्ला नजिक भएको घातक कार विस्फोटपछि भारतीय सुरक्षा निकायले सम्पूर्ण काश्मीर क्षेत्रमा व्यापक खोज तथा अनुसन्धान चलाइरहेका छन्। उक्त विस्फोट काश्मीरी आत्मघाती आक्रमणकारीले गराएको भारत सरकारले दाबी गरेको छ। तथापि, काश्मीर टाइम्सको कार्यालयमा गरिएको छापा र दिल्लीको घटनाबीच कुनै सम्बन्ध नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
