‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार प्रकारमा छुट्याएर वर्गीकरण गर्ने प्रक्रिया थालिएको छ।
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण शुरू गरेको छ। शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेहरूको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण शुरू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए।
“हामी पारदर्शी ढंगले नै घाइतेको वर्गीकरण गर्छौं। सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ,” उनले भने
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए।
“वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ,” उनले भने, “धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ।”
वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’हरू ट्रमा सेन्टरमा पुगेका थिए।
सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ। घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य घाइते गरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ।
घाइतेमध्ये चोटपटकका आधारमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुटाउने गरिएको छ। वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
