तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुन

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ। त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ। 

बिहीबार सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।