द्वन्द्वकालमा आगजनीका कारण नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन्।
संखुवासभा– संखुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन्। द्वन्द्वकालमा आगजनीका कारण अभिलेख नष्ट भएपछि २३ वर्षसम्म लालपुर्जाविहीन रहेका चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका हुन्।
विसं २०५९ वैशाख १४ गते तत्कालीन माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा भएको आगजनीका कारण क्षति पुग्दा नापी कार्यालयमा रहेका सक्कल नक्सा, फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता स्रेस्ता (मोठ)लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए।
तत्कालीन आगजनीमा अभिलेख नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले अन्ततः २३ वर्षपछि लालपुर्जा पाएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए। उनका अनुसार नापनक्सा सकिएका चैनपुर–९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीले लालपुर्जा पाएका छन्। कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए। विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनः स्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो।
हाल विशेष नापी कार्यालयले संखुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको प्रमुख नेपालले जानकारी दिए। उनका अनुसार सीमित स्रोत र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म सात हजार ५०० हेक्टरको नापनक्सा सम्पन्न भएको छ।
कार्यालय प्रमुख नेपालले चैनपुर–५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको जनाउँदै नक्साका लागि सम्पत्ति संवेदनशीलता र प्रक्रियागत कारणले चार पटकसम्म लाग्ने उल्लेख गरे। बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिनु, पुरानो सफ्टवेयर र घाममा उपकरण बिग्रिरहनेलगायतका समस्याले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
