काभ्रेमा बसको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठको मृत्यु भएको हो।

काभ्रेपलान्चोक– बसको ठक्करबाट काभ्रेपलान्चोकको पाँचखालमा एक पैदलयात्रीको मृत्यु भएको छ। 

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठको मृत्यु भएको हो। बिहीबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। 

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। अहिले मृतकका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।

नगरप्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति दिलाउने तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।