साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित हात पार्दै एनपीएलको दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ।
काठमाडाैँ– सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित हात पार्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ।
१४८ रनको लक्ष्य पक्ष्याएको काठमाडाैँ १६.५ ओभरमै सबै विकेट गुमाएर ११८ रनमा सीमित भयो। काठमाडाैँका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए भने जोन सिमसनले २४ रन जोडे। अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २/२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा अर्धशतक बनाए।
त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिए।
आफ्नो पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो। एनपीएलको पहिलो संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको भने यो पहिलो खेल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
