एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतलगायत नेता सिमरा आउन लागेको थाहा पाएपछि जेन–जीको समूह उनीहरूलाई रोक्न विमानस्थल पुगेको थियो।
काठमाडौँ– नेकपा एमालेका नेता/कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यु आदेश जारी गरेको छ।
एमाले बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेलाका लागि एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतलगायत नेता सिमरा आउन लागेको थाहा पाएपछि जेन–जीको समूह उनीहरूलाई रोक्न विमानस्थल पुगेको थियो।
सोही समयमा एमाले नेता कार्यकर्ता पनि विमानस्थल पुगेका थिए। एमालेका केही कार्यकर्ताले जेन–जी समूहका एक युवकलाई थप्पड हानेपछि दुवै समूहबीच झडप भएको थियो।
त्यसपछि जेन–जी समूह आक्रोशित भई सिमरा विमानस्थलको मूल ढोका भत्काइदिएका छन्। स्थिति तनावग्रस्त बनेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन्।
विमानस्थल वरपर ५०० मिटरसम्म कर्फ्यु जारी भएपछि स्थिति नियन्त्रणमा आएको बाराका एसपी सन्तोष तामाङले उकालोलाई जानकारी दिए। “अवस्था एकाएक बिग्रँदा थप प्रहरी फोर्स पठायौँ,” तामाङले भने, “अहिले कन्ट्रोलमा आइसकेको छ।”
उनका अनुसार सिमरा उड्न लागेका एमाले नेता काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन्।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ। बुधबार दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि कर्फ्यु जारी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
