सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन्। तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन्।
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन्। जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छन्।
बिहानै ४ बजेदेखि लाइन बस्ने उनको पालो भने अझै आएको छैन। “जति पटक आए, पनि मल पाउनै गाह्रो भयो, लाइन मात्रै बसेर फर्किनुपर्छ,” उनले भनिन्। उनसँगै घोडाघोडी–३ की सीता चौधरी पनि मलका लागि लाइन बसेर थाकिसकेकी छन्।
धेरै पटकको प्रयासपछि उनले एक बोरा युरिया मल हात पारिन्। एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, “तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसकेँ, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ।”
घोडाघोडी नगरपालिका–१ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरूको भीड लाग्ने गर्छ। सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन्। कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन्।
घोडाघोडी नगरपालिका–३ का ज्ञानु चौधरीले मलबिना नै गहुँ छरिसकेका छन्। “समयमै गहुँ छर्नुपर्यो नि, मलको आस गर्दै बस्दा ढिला हुने भयो,” उनले भनिन्।
ज्ञानुले जस्तै घोडाघोडी–८ का डम्बर विष्टले मलबिना नै गहुँ छरिन्। अहिले धेरै किसान मलको आशामा बसिरहेका छन्। गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ। समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन्। युरिया मलको अभाव रहे पनि डीएपी मल धेरै जसो किसानहरूले पाइसकेका छन्।
समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन्। उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ।
कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ। धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ। युरियामा पाइने नाइट्रोजन डीएपीमा १८ प्रतिशत हुन्छ। त्यसैले शुरूमा डीएपी मल भए पुग्ने उनले बताए।
धामीका अनुसार गहुँ रोप्दा शुरूमा पोटास मल प्रयोग गर्नु राम्रो हुन्छ। पोटासले गहुँको जरा बलियो बनाउने, बिरुवा स्वस्थ राख्ने र बीउको अंकुरण राम्रो बनाउन सहयोग गर्छ। तर किसानहरू प्रायः पहिले नै युरिया खोज्छन्, जसको अभावका कारण गहुँ छर्न ढिलाइ गर्छन्।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका धेरै स्थानीय कृषि निर्भर छन्। सरकारले कृषिमा क्रान्ति ल्याउने अवधारण सार्वजनिक गरिरहँदा सुदूरपश्चिम प्रदेशका किसानलाई भने अझै पनि रासायनिक मल पाउनै सकस छ।
यस वर्ष मात्रै होइन हरेक वर्ष यहाँका किसानले समयमै पर्याप्त मल पाउन सक्दैनन्। डीएपी मल पाए पनि युरिया मल पाउँदैनन्। जसका कारण किसान ढिलो गहुँ छर्ने गर्छन्।
सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन्। तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन्।
सुदूरपश्चिम प्रदेशमा केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लाका वितरण गर्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवरले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
