यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मोसम विज्ञान विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकीको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशीको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।