दिनभर मौसम सफा रहने, तापक्रम घट्ने क्रम भने जारी

आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन्।

महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसको साथै महाशाखाले मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरेको छ।