नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी र आपराधिक विश्वासघात गरेको कसुरमा ट्रस्टका अर्का तत्कालीन उच्च अधिकारीलाई पक्राउ गरेको छ।
प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की रहेका छन्। दोलखाको जिरी नगरपालिका–६ स्थायी ठेगाना भएका कार्कीलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो।
ट्रस्टको नाममा दर्ता रहेको जग्गा बदनियतपूर्ण तरिकाले बढी क्षेत्रफल लिजमा दिने सम्झौता गरी ट्रस्टलाई दीर्घकालीन हानि/नोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको खुलेपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई कार्कीलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए। कार्कीमाथि थप अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीले ट्रस्टको जग्गा लिज प्रकरणको अनुसन्धानका क्रममा कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो। उनीमाथिको थप अनुसन्धानका क्रममा अर्जुनकुमारको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए।
विवादित लिज करार सम्झौता २०७४ वैशाख १४ गते नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको थियो। थामसेर्कु ट्रेकिङ प्रालि यती होल्डिङ्सको भगिनी संस्था हो। सीआईबीका अनुसार, ट्रस्टको जग्गा ‘बीओटी मोडल’अन्तर्गत ३ वर्ष निर्माण अवधिसमेत गरी ३० वर्षका लागि लिजमा दिने गरी सम्झौता भएको थियो।
लिजमा लिने लाभग्राहीसँगको मिलेमतोमा सरकारी अधिकारी तथा विभिन्न ओहदामा रहेका व्यक्तिहरूले गैरकानूनी लाभ लिई ठगी तथा आपराधिक विश्वासघात गरेको, यसबाट नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानि नोक्सानी पुगेको अनुसन्धानका क्रममा खुलेको सीआईबीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
