पुनर्निर्माणका लागि स्रोत जुटाउन अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गर्ने नीतिगत निर्णय लिई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
गण्डकी– ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ।
अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गण्डकी प्रदेशभित्र जेनजी प्रदर्शनका क्रममा सरकारी भवन र सवारीसाधनमा गरी करिब रु दुई अर्बको क्षति पुगेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनर्निर्माण गरिने बताए।
तत्काल मर्मत सम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उनको भनाइ छ। दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रबलीकरण गरिने र पुनर्निर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने भएको हो।
“कतिपय भवनलगायत ठूला संरचना पूरै भत्काएर नयाँ बनाउनुपर्ने छ, तिनको पुनर्निर्माणका लागि आगामी वर्षको बजेटबाट स्रोतको थप व्यवस्था हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “क्षति पुगेका संरचनाको प्राविधिकहरूबाट मूल्यांकन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनर्निर्माणका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ।”
एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनर्निर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको उनको भनाइ छ।
दीर्घकालीन रूपमा गर्नुपर्ने पुनर्निर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। जेनजी प्रदर्शनका क्रममा कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको थियो।
कार्यालयका अनुसार प्रदेशभित्र ३६१ वटा दुईपांग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका थिए। यस्तै १६१ वटा चारपांग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
