प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग शुक्रबार भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्रीले म्याद थपका लागि आग्रह गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्रीको आग्रहमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन्।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन्।
यस्तैमा, निर्वाचनको तयारीका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।
आयोगको कार्यालय, कान्तिपथमा आयोजित छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तबीच आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेन-जी समूह र सरोकारवाला पक्षबाट आएका सुझावहरूका विषयमा छलफल भएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
