नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।
काठमाडौँ– नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ। यो कम्पनी नेपाल कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको हो।
स्काउटले लामो समयदेखि भाडाबापतको बक्यौता रकम भुक्तान गर्न र जग्गा खाली गर्न कम्पनीलाई ताकेता गर्दै आएको थियो। अटेर गरेपछि स्काउटले कात्तिक २० गते सात दिने अन्तिम सूचना जारी गरेको थियो। तोकिएको समयसीमाभित्र पनि कम्पनीले बक्यौता नतिरेपछि स्काउटले संरचना हटाउन काठमाडौँ महानगरपालिकालाई औपचारिक रूपमा पत्राचार गरेको थियो।
स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोलीले बिहीबार बिहानै ती संरचनाहरू हटाएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार पार्टी प्यालेस र रेस्टुरेन्टसहितका ती संरचनाहरूमध्ये धेरैको नक्सा पाससमेत नभएको पाइएको छ।
नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षका लागि जग्गा भोगचलन गर्न करार सम्झौता भएको थियो। सम्झौता अवधि २०७५ सालतिरै समाप्त भइसकेपछि पनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको उक्त जग्गा खाली गर्न अटेर गर्दै आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
