कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। जग्गामा खड्का ल्यान्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, 'माई च्वाइस' नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ।

काठमाडाैँ– नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ।

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो।

null

अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो। पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेको हो। 

null

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्यान्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, 'माई च्वाइस' नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ।

nullnullnullतस्बीरहरू: नेपाल फोटो लाइब्रेरी