हात्तीको बारम्बारको जंगल प्रवेश र राजमार्गमा निस्कने क्रमका कारण पथलैया–निजगढ सडकखण्डमा दिनभर यातायात प्रभावित भएको छ।
निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलो क्षेत्रमा सोमबार हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।
प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जंगली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो। ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केहीभित्र जंगलमै हात्तीले आक्रमण गरेको थियो।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेका छन्।
हात्ती जंगल पस्ने र राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ। हात्तीलाई धपाउन अनेकौँ प्रयास गरे पनि सफल हुन सकेको छैन। प्रहरी उपरीक्षक तामाङले हात्ती जंगल पसेपछि सुरक्षाकर्मीको सहयोगमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने गरिएको बताए।
हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा आतंक मच्चाइरहेको छ। राजमार्गमा राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोलीले राति नै भगाएको थियो। डिभिजन वन कार्यालयका प्रमुख झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली बोलाइएको जानकारी दिए।
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहले हात्तीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
