झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दमकबाट चार र बिर्तामोडबाट ६ गरी दश जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
झापा– जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले तीव्रताका साथ पक्राउ गर्न थालेको छ। अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट ६ गरी कुल दश जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
पछिल्लो जानकारीअनुसार, दमकस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ का १९ वर्षीय रियाज सिलवाल छन्।
इलाका प्रहरी कार्यालय दमकले जनाएअनुसार, दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीको घटनामा संलग्न भएको आरोप लागेको छ।
यी दुईसहित इप्रका दमकमा आक्रमणको आरोपमा पक्राउ पर्नेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार, दुई दिनअघि पाँचथरको मिक्लाजुङ–५ का स्थायी बासिन्दा हाल दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई पनि तोडफोड, आगजनी र लुटपाटको आरोपमा नियन्त्रणमा लिई 'आपराधिक उपद्रव' कसुरमा अनुसन्धान थालिएको छ।
प्रहरी स्रोतका अनुसार, प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको पहिचान भिडियो र फोटोको आधारमा गरिँदैछ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गरेको भन्दै ५० भन्दा बढी उजुरी परेको र सोही उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
