यस्तो छ आजको माैसम पूर्वानुमान

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडाैँ– माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

यद्यपि, दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। यी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

देशको बाँकी भागमा माैसम सफा नै रहने पूर्वानुमान गरिएको छ। राति पनि देशभर मौसम मूख्यतया सफा रहने छ।