कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकको मनाङस्थित मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको हो।
मनाङ– कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय पर्यटक मृत भेटिएका छन्।
मृत भेटिनेहरूमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आइतबार उनीहरूको शव फेला पारेको हो।
मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवैको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए। “शव अहिले प्रदेश अस्पताल मनाङ ल्याइँदै छ। सोमबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउँछौँ,” उनले भने।
मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट उनीहरू कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका थिए। त्यसपछि दुवै जना भारतीय नागरिक सम्पर्कविहीन भएका थिए। उनीहरू सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई खोजीका लागि जानकारी गराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
