तोलामा २०० रुपैयाँ घट्यो सुन

शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ रहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २०० रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ रहेको छ।  

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार ३ हजार २० रुपैयाँ थियो।