गम्भीर घाइते एक जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
घोडाघोडी– तरकारी लिएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको दुर्घटनामा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको हो।
सुखड इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रमेश अवस्थीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन्।
घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। बाँकी दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
