मंसिर १ देखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालनमा आउने

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ हुने जानकारी दिएको हो। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अदालत पूर्ण रूपमा जलेको थियो।

काठमाडौँ– सर्वोच्च अदालतको सम्पूर्ण सेवा मंसिर १ गतेदेखि सञ्चालनमा आउने भएको छ।

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ हुने जानकारी दिएको हो। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण रूपमा जलेको थियो। 

आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको थियो। 

“मुद्दाका मिसिल नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाको २०८२ मंसिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ। अन्य पेसी नचढेका मुद्दाको कानूनबमोजिम अंग पुर्‍याइ सुनुवाइ हुने सूचनामा उल्लेख छ। 

 बैठकले सेवा अवरुद्ध भएका शुरू मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदनसमेत सबै प्रकारका मुद्दा तथा निवेदन, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो।