मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भन्दै हालको संक्रमणकालीन अवस्थामा अत्यावश्यक भए मात्र आवेदन दिन आग्रह गरेको छ।
काठमाडौँ– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिकाको संख्यामा केही कमी आए पनि यो समस्या समाधान उन्मुख रहेको जनाएको छ। मन्त्रालयले राहदानी पुस्तिकाको अभाव बाहिरी हल्ला वा चर्चामा आएजस्तो गम्भीर अवस्था नरहेको स्पष्ट पारेको हो।
मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ। सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि पूर्ण रूपमा राहदानी सेवा सञ्चालन गर्ने गरी पूर्वाधार र प्रणाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “हामी अहिले नयाँ र हालका आपूर्तिकर्ताबीच हुने 'हेण्डओभर–टेकओभर'को संक्रमणकालीन चरणमा छौँ। नयाँ खरिद सम्झौताअनुसार नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ।”
विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहे पनि मन्त्रालयले हाल आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेका अत्यावश्यक व्यक्तिलाई मात्र राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। साथै, मन्त्रालयले यस्तो संक्रमणकालीन चरणमा सबैले धैर्य गरी सरकारलाई सहयोग पुर्याउन आग्रहसमेत गरेको छ।
हालको संक्रमणकालीन चरणमा राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक कार्य भइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिनबाहेक) एक हजार जना सेवाग्राहीको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिए। यसबाट हालको अत्यावश्यक माग पूरा गर्न सकिने मन्त्रालयको अपेक्षा छ। मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भएकाले हालको संक्रमणकालीन अवस्थामा अत्यावश्यक भए मात्र आवेदन दिन सबैमा आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
