विद्यालय व्यवस्थापन अध्यक्षले प्रधानाध्यापकलाई गरे कुटपिट

शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिले व्यवस्थापन समितिको बैठकमा अध्यक्षले प्रधानाध्यापकलाई कुटपिट गरेको जनाएको छ।

सिन्धुपाल्चोक- इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश तामाङको कुटपिटबाट प्रधानाध्यापक अन्जना भण्डारीको आँखामा चोट लागेको छ।

शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिका अनुसार, मंगलबार बसेको व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तामाङ्ले कुटपिट गरेका थिए। महासंघले तामाङमाथि कारबाही गर्न माग गरेको छ।

"अभद्र व्यवहार गाली बेइज्जतिसहित आँखा तथा गालामा गम्भीर चोटपटक लाग्ने गरी आक्रमण गरेको हुँदा सो घटनाप्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समिति घोर भत्र्सना गर्दछ," विज्ञप्तिमा भनिएको छ, "अध्यक्ष तामाङलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याइ हदै सम्मको कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं।"

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यकक्षमै प्रधानाध्यापक भण्डारीमाथि कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ।