३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्युयोर्क शहरका सबैभन्दा कान्छो तथा पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्।
अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कको मेयरमा जोहरान मामदानी विजयी भएका छन्। न्युयोर्कका पूर्वगभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै ३४ वर्षीय ममदानी मेयरमा निर्वाचित भएका हुन्।
ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्यूयोर्कका सबैभन्दा कान्छो, पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्। न्युयोर्क शहरको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पदसमेत मानिन्छ।
मेयरको ‘प्राइमरी इलेक्सन’अगाडिसम्म ममदानी तुलनात्मक रूपमा अपरिचित थिए। फेब्रुअरी २०२५ मा इमर्सन कलेजको सर्वेक्षणमा उनी एक प्रतिशत मानिसको मात्र रोजाइमा परेका थिए। तर, छोटो अवधिमै उनको चर्चा चुलियो। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार यसको मुख्य कारण ‘ग्रासरुट’ अभियान थियो।
उनले केही समयअगाडि हिन्दी, उर्दू र स्पेनिस भाषा प्रयोग गरेर मतादाता समक्ष अपिल गरेका थिए। युगान्डामा जन्मेका दक्षिण एशियाली मुस्लिम आप्रवासी ममदानी आफै पनि हिन्दी र उर्दू दुवै प्रष्ट बोल्छन्। विभिन्न भाषामा बोलेका उनका भिडियो क्लिप यत्रतत्र भेटिन्छन्। यसकारण पनि न्युयोर्कका धेरै मतादातासमक्ष उनको आवाज पुग्यो र जितको आधार तय भयो।
ममदानी सात वर्षको उमेरमा आफ्नो परिवारसँग न्युयोर्क सरेका थिए। उनले ब्रोंक्स हाई स्कुल अफ साइन्समा पढे र पछि बोडोइन कलेजबाट डिग्री हासिल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
