भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरे।
काठमाडौँ– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेका नेताहरूले मंगलबार काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन्।
पार्टीभित्र लामो समयदेखि विद्यमान असन्तुष्टि, संगठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनबारे ठोस निर्णय नआएपछि असन्तुष्ट समूहले नयाँ बानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेको हो।
भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरबाट महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेता, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताको सहभागिता रहेको थियो।
पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले संगठनका महत्त्वपूर्ण निर्णयमा लामो समयदेखि ध्यान नदिएको आरोप लगाए। “कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन,” उनले भने।
चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, उनीहरूले विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, संगठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जबाफदेहिताको प्रश्न उठाइएको छ। मंगलबारको भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरे।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतको सहभागिता रहेको थियो।
भेलाका वक्ताहरूले वर्तमान पार्टी नेतृत्वले संगठनभित्रको असन्तुष्टि, गुटबन्दी, र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन्। यसैबीच मंगलबार नै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
