मंगलबार नेप्से परिसूचक २७.६४ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २५९५.२४ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से परिसूचक मंगलबार पुनः २७.६४ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २५९५.२४ को बिन्दुमा कायम भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ।
यस दिन ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक कारोबार भएको थियो। जसबाट पाँच अर्ब १५ करोड सात लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार भने ६ अर्ब पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.९३, फ्लोट इन्डेक्स १.९१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३० अंकले घटेका छन्। मंगलबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त समूहको उपसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहको उपसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ।
मंगलबारदेखि कारोबारमा आएको माबिलुङ इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, फर्स्ट माइक्रो फाइनान्सको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले अर्थात् प्रतिकित्ता ८० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यसपछि राधी विद्युत् कम्पनीको करिब साढे २२ करोड र युनियन हाइड्रोपावरको साढे १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको ६ लाख कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
