घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाजुरा– जिल्लामा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा ३६ जना घाइते भएका छन्। बूढीनन्दा नगरपालिकामा शनिबार बस र जीप दुर्घटनामा परेका हुन्।
मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७, सेरकाटियामा आज दिउँसो बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको सु.प.प्र. ०१–००१ ख ३१८१ नम्बरको बस दुर्घटना हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रिफर' गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन्।
घाइते हुनेहरूमा बस सहचालक गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, १३ वर्षीया सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार तथा बूढीगङ्गा नगरपालिका–९ की पवित्रा सिंहसहित ३० जना रहेका छन्।
प्रहरीका अनुसार, कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान मिलाउने क्रममा दुर्घटना भएको हो। दुर्घटनापछि बस चालक फरार छन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जीप दुर्घटनामा ६ घाइते
जिल्लाको बूढीनन्दा नगरपालिकामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मार्तडी–कोल्टी सडकअन्तर्गत सोही नगरपालिका–१०, पाण्डुसैनमा भे १ च ७८७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जीपमा सवार आठमध्ये चालकसहित ६ जना घाइते भएको बताएका छन्। घाइते हुनेहरूमा चालक तुलाराम चदारा, बडीमालिका नगरपालिका–७ का ४२ वर्षीय शंकरराज जैसी, बूढीनन्दा नगरपालिका–१ बस्ने ५३ वर्षीय सेते लुहारलगायत छन्। घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
