देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहनेछ।

देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा
फाइल तस्वीर

काठमाडौँ– पश्चिमी वायु, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावले देशभर साधारणतया बदली रहेको छ। 

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत भएको छ। 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहनेछ। 

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातसमेत हुने विभागले जनाएको छ।