मकालु आधार शिविरसहित संखुवासभाका उच्च हिमाली भेगमा मंगलबार बिहानदेखि नै वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
किमाथांका– संखुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा मंगलबार बिहानदेखि नै वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।
स्थानीय प्रहरीमार्फत सम्बन्धित क्षेत्रमा रहेका पर्यटक र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो। पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
करिब ७० जना विदेशी र ६० जना नेपाली पर्यटक मकालु आधार शिविरमा रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
