गण्डकीको हिमाली भूभागमा भारी वर्षासहित हिमपातको सम्भावना

गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रहनेछ।  गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।