काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।
काठमाडौँ– सेन्ट्रल एशिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।
ढाकास्थित इनडोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ। नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ।
पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौँ स्थानमा रह्यो। यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बांग्लादेशसँग पराजित भएको थियो।
सोमबार नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो।
सेन्ट्रल एशियाका ६ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले पाँचौँ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
