मुस्ताङ– मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१८, भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार, तिमिल्सिना मुक्तिनाथ दर्शनपछि घरपझोङ गाउँपालिका–२, मार्फा पुग्दा अचानक बेहोस भएका थिए।
उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि मनाङ क्षेत्रमा पनि लेक लागेर भरिया तथा पदयात्रीको मृत्यु भएको थियो। मनाङको नार्पाभूमि गाउँपालिका–४, काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार ४८ वर्षीय डिलबहादुर गुरुङको मृत्यु भएको थियो।
त्यस्तै, नार्पाभूमि–४, याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार घटनास्थलमै लेक लागेर मृत्यु भएको थियो।
लेक लागेर मृत्युका घटनाहरू बढ्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनेहरूलाई सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले यात्रामा निस्कनुअघि मौसमबारे आवश्यक जानकारी लिन, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न, लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्ने, एक्लै यात्रामा ननिस्कन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
