गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
काठमाडौँ– नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा समितिले सार्वजनिक गरेको सिफारिस सूचीको पहिलो नम्बरमा एसएसपी भूपेन्द्रबहादुर खत्री रहेका छन्। दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओमप्रसाद अधिकारी, चौथोमा शेखर खनाल र पाँचौमा अम्बिका नारायण काफ्ले रहेका छन्।
बढुवा समितिको सदस्य-सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीका अनुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम उनीहरूको बढुवा सिफारिस गरिएको हो।
समितिबाट सिफारिस भएकाहरूलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि डीआईजी पदमा बढुवा हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
