पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।
म्याग्दी- खैरो रङको स्वीटर र कोट, निलो पाइन्ट तथा ढाकाटोपी लगाएका लालबहादुर जीसीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो। आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूको उपस्थितिमा १००औँ जन्मदिन मनाउन पाउँदा उनी खुशी देखिन्थे।
पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका जीसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाइका अनुभव सुनाए। ६० वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जीसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन नगरेको बताए।
“दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफूल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरी बिरामी परेको छैन,” जीसीले भने, “सामान्य बिरामी हुँदा गाउँघरमै पाइने जडिबुटी खाएर निको भएको छु।”
तत्कालीन राणा, प्रजातन्त्र, पञ्चालत, राजतन्त्र, शसस्त्र द्वन्द्व हुदै संघीय गणतन्त्रिक व्यवस्थाको अनुभव गरेका जीसीले युवा हुँदा एक महिना लगाएर बुटवल पुगेर नुन ल्याएको, त्यस बेला जुत्ता, चप्पल लगाउन नपाएको, खानेपानी, विद्युत, सञ्चारको सुविधा नहुँदा जीवनयापन निकै कष्टकर रहेको स्मरण गरे। अहिले खेतीयोग्य जमिन बाँझिने, बसाइँसराइ बढ्दो र खाद्यान्तमा परनिर्भरता बढेको भन्दै जीसीले चिन्ता पनि व्यक्त गरे।
“नयाँ कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने थियो, ढुङ्गा प्वाल पारेर जम्मा भएको पानी उपभोग गर्नुपर्ने अवस्था थियो,” उनले भने, “पूर्वाधार र चेतनाको विकासका साथै व्वयस्थामा आएको परिवर्तनले हामी सर्वसाधारणको जनजीवन धेरै सहज भएको छ।”
स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व गरेका जीसीका चार छोरा र एक छोरीका २० जना नाती, नातिना र पनाति छन्। जीसीले १७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग विवाह गरेका थिए।
हाल श्रवणशक्ति कम भए पनि स्पष्ट बोल्न सक्ने उनी धार्मिक पुस्तकका चित्रहरू हेर्ने, आफन्त र छिमेकीसँग गफिएर दिन बिताउने गर्छन्। घर वरपर आफै हिडडुल गर्छन्। खाना खान, शौचालय जान सहयोगी नचाहिने लालबहादुरका माइला छोरा हरिबहादुर जीसीले बताए।
जीसीलाई शुक्रबार जलजला गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए। जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे।
१०० वर्ष पुगेका पालिकाभरिका शताब्दी पुरुष र नारीको पहिचान गरेर घरमै पुगेर सम्मान गर्ने, अनुभव, जीवन भोगाइ र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सीप र अनुभवको पुस्तान्तरण गर्न थालिएको अध्यक्ष आचार्यको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
