'थ्री नेसन्स कप'को पहिलो खेलमा नेपाल इरानसँग पराजित

नेपाली महिला राष्ट्रिय फुटबल टिम 'थ्री नेसन्स कप'को पहिलो खेलमा इरानसँग ३-० को गोल अन्तरले पराजित भएको छ।

काठमाडाैँ– नेपाली महिला राष्ट्रिय फुटबल टिम 'थ्री नेसन्स कप'को पहिलो खेलमा इरानसँग पराजित भएको छ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा गएको खेलमा दोस्रो हाफको शुरूमै इरानले लगातार तीन गोल गर्‍यो।

योसँगै इरानले प्रतियोगिताको उपाधि जितेको छ। पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोलअन्तरले हराएको थियो।

प्रतियोगितामा हरेक देशले २ खेल खेल्नेछन्। इरानले दुवै खेल जितेर उपाधि हात पारिसके पनि भारत र नेपालबीचको खेल सोमबार हुनेछ।