इरानले उद्घाटन खेलमा भारतलाई पराजित गरिसकेको छ। नेपाल भने इरानविरुद्ध पहिलो खेल खेल्दैछ।
काठमाडौँ- त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ। भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे शुरू हुनेछ।
नेपाली टोलीको नेतृत्व सावित्री भण्डारी साम्बाले गर्नेछिन्। विदेशमा व्यवसायिक लिग खेलिरहेकी उनी यही प्रतियोगिताका लागि फर्किएकी हुन्।
उनीसहित विदेशी लिग खेलिरहेका प्रिति राई, पूजा राना र एन्जिला तुम्बापो सुब्बा पनि यसै प्रतियोगिताका लागि फर्किएका छन्। नेपाली टिमको प्रशिक्षकको जिम्मवारीमा नवीन न्यौपाने छन्।
टिमका अन्य खेलाडीमा अनिता बस्नेत, अन्जना राना मगर, बिमला विक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा ठोकर र प्रतीक्षा चौधरी छन्। त्यस्तै, पुर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, साबित्रा राना, सजनी ठ्ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ पनि टोलीमा छन्।
इरानले पहिलो खेल भारतविरुद्ध खेल्दै सुखद् शुरूआत गरिसकेको छ। उद्घाटन खेलमा इरानले घरेलु टोलीमाथि २-० गोलको जित दर्ता गरेको थियो।
नेपाली टिमकी कप्तान सावित्रा भण्डारी 'साम्बा' इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू तयार भएको बताएकी छन्। खेलको अघिल्लो दिन शुक्रबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा भण्डारीले नेपाल इरानविरुद्ध खेल्न तयार छ रहेको बताइन्।
"भारत आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ," उनले भनिन्, "हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ।"
प्रतियोगितामा हरेक देशले २ खेल खेल्नेछन्। शीर्ष टोली बिजेता बन्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
