तिहारमा झिलिमिली उपत्यका (तस्वीरहरू)

यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।

काठमाडाैँ– तिहार पर्वमा काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजाइएको छ। यहाँका हरेक घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।

null

तिहारलाई  विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि लक्ष्मी पूजाको राति घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ।

nullnull

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ।

nullnullnullnullnullnullnullतस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।