विपिन जोशीको शव नेपाल ल्याइयो, आजै कञ्चनपुर लगिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

काठमाडौँ– इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार काठमाडौँ ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। उनको शवलाई आजै सेनाको सहजीकरणमा गृहजिल्ला कञ्चनपुर लगिँदैछ। विपिनको अन्तिम संस्कार कञ्चनपुरमै उनको पारिवारिक परम्पराअनुसार गरिने बताइएको छ।

null

दुई वर्षअघि (२०२३ अक्टोबर ७) हमासले गरेको आक्रमणपछि कृषिका विद्यार्थी विपिनलाई बन्धक बनाइएको थियो। उक्त आक्रमणमा १० जना अन्य नेपाली कृषिका विद्यार्थीले ज्यान गुमाएका थिए।

लामो समयको अनिश्चिततापछि इजरायली पक्षले उनको मृत्यु भएको पुष्टि गरेको थियो। डीएनए परीक्षणबाट शव पहिचान भएपछि उनको शव आज नेपाल ल्याइएको हो।