प्रहरीले यसरी मनायो कुकुरतिहार (तस्वीरहरू)

कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।

काठमाडाैँ– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ। यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा आज कुकुर पूजा सम्पन्न भएको हो।

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए।

null

कार्यक्रममा प्रहरी ह्यान्डलरहरूले सेवा कुकुरहरूको आज्ञापालन जस्ता प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको थियो। विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ। यसवर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ पुरस्कृत भएको छ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरहरूले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए।

null

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ।

null

पाँच दिने हिन्दू पर्व तिहारको दोस्रो दिन पर्ने कुकुर तिहारले नेपालमा मानव र कुकुरबीचको निष्ठा र आध्यात्मिक सम्बन्धको प्रतीकका रूपमा मनाइन्छ।

nullnullnullnullnullnullnullnullnullnullnull

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी