नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
संखुवासभा– नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए।
फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट पक्राउ गरिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
फरार कैदीलाई पक्राउ गरी कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नक्खु कारागार पठाइने उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
