ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता: युद्ध रोकेर शान्ति स्थापना गर्न आग्रह

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता भएको छ। 

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्। 

“धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ,” वार्तापछि ट्रम्पले भनेका छन्, “तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस्।”

केही हप्ताअघि ट्रम्पले युक्रेनले रुसबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका थिए। तर हालको अभिव्यक्तिले उनको दृष्टिकोणमा केही परिवर्तन आएको समाचार संस्था एपीले जनाएको छ। (रासस/एपी)