म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा, एभर्टन पराजित

म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गरे। एक गोल उपहार पाएको थियो। 

तस्वीर : म्यानचेस्टर युनाइटेड

काठमाडौँ– म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति आफ्नो घरेलु मैदानमा एभर्टनमाथि ३–१ को जित निकाल्दै युनाइटेड चौथो चरणमा पुगेको हो। उसको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गरे। एक गोल उपहार पाएको थियो। 

खेलको चौथो मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले अग्रता लियो। तर, १४औँ मिनेटमा कोनर कोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ५२औँ मिनेटमा कोडीले नै आत्मघाती गोल गरेपछि युनाइटेडले २–१ काे अग्रता लिएकाे थियाे।

अतिरिक्त समयको सातौँ मिनेटमा मार्कस रासफर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए।