तराईमा शीतलहर कायमै, पहाडी भेगको मौसम सफा रहने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण चिसो बढेपछि हप्ता दिनयता तराईको जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशको पहाडी भागमा आंशिक बदली  रही  मध्य तराईमा शितलहर लागिरहेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण चिसो बढेपछि हप्ता दिनयता तराइको जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो र राति पनि हुस्सु/कुहिरो हट्ने सम्भावना छैन।

त्यसैले चिसाेबाट बच्न सावधानीका उपाय अपनाउन महाशाखाको आग्रह छ। सडक तथा हवाई यातायातमा समेत प्रभावित हुने देखिएको छ।

पहाडी क्षेत्रकाे मौसममा भने दिउँसाेदेखि सुधार आउने विभागको भनाइ छ।