रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।
हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ। अमेरिकी पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत बन्धकहरू रिहा भएका हुन्। यो गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्धलाई रोक्ने दिशामा एक ऐतिहासिक कदम हो। यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो। राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताए।
सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। त्यसपछि गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिइने छ। यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ।
यसबीच, इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत दोस्रो चरणमा १३ जना बन्धक प्राप्त गरेको पुष्टि गरेको छ। हमासले पनि रेडक्रस अधिकारीहरूमार्फत १३ जना जीवित बन्धकहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिसकेको जनाएको छ। त्यसअघि हमासले आफ्नो नियन्त्रणमा रहेका सात बन्धकलाई रेडक्रसले इजरायली सेनालाई सुम्पेको थियो।
उनीलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ। त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ।
दशौँ हजार प्यालेस्टिनीको मृत्यु र व्यापक विनाश गराएको गाजा युद्धपछि यो सम्झौता शान्ति स्थापनातर्फको एक निर्णायक मोडका रूपमा देखिएको छ। सोमबारको रिहाइले युद्धविरामको व्यवहारिक कार्यान्वयनको सुरुवात गर्दै क्षेत्रीय स्थायित्वको सम्भावना बढाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
