अमेरिकी राज्य टेनेसीको बक्सपोर्ट शहरस्थित एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वको कारखानामा शक्तिशाली विस्फोट भएको हो।
काठमाडौँ– अमेरिकी राज्य टेनेसीस्थित एक कारखानामा भएको विस्फोटमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । शुरूमा बेपत्ता मानिएका दुई व्यक्ति भने जीवित भेटिएका छन्।
शुक्रबार बक्सपोर्ट शहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको थियो। कम्पनीले सैन्य प्रयोजनका साथै विस्फोटनका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ।
विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवन पुरै ध्वस्त पारेको, माइलौँ टाढाका घर हल्लाएको र भग्नावशेष हावामा उडेको दृश्य देखिएको प्रत्यक्षदर्शीले वर्णन गरेका छन् ।
हम्फ्रिज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भने, “प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ।”
उनका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण शुरूमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो।
कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
तर, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक्रेइनले अनुसन्धान अझै जारी रहेको जानकारी दिए। उनले विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुगी नसेको उनले बताए।
“यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन,” शेरिफ डेभिसले भने, “यसबारे निष्कर्षमा पुग्न केही दिन, हप्ता वा महिना पनि लाग्न सक्छ।”
अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्। बारम्बार खतराको सम्भावना देखिँदा बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बोलाइने गरिएको शेरिफ डेभिसले बताए। घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डीएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
