चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको हो।
हुम्ला– यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ। चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए।
काठमाडौँ, नेपालगन्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको उनले बताए। कोरोना महामारीपछि उल्लेख्य मात्रामा भारतीय तीर्थयात्रीहरू हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन्।
सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए। एउटा होटलले १० लाख रुपैयाँभन्दा बढी कमाई गरेका छन्। अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एक/दुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ।
चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ। जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। उनले भने, “अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन्। जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए।”
मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो संख्या यस वर्षको अब अन्तिम हो।
मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्म दैनिकजसो सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो।
चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए। उनले भने, “मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना संक्रमणपछि यसपटक उल्लेखनीय संख्यामा भित्रिएका हुन्।”
जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ। भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट एक हजार १०० रुपैयाँ राजस्व संकलन गर्दै आएको छभने अन्य देशका पर्यटकबाट एक हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ।
मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट ६५ लाख ५२ हजार रुपैयाँ शुल्क र अन्य देशका पर्यटकबाट छ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
